• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ८, आईतबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

      शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

      पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

      निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

      नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

      विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

      विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

      धरानको मेयरमा स्वतन्त्र उमेदवार साम्पाङ विजयी

      सिमसार दिवसमा १९ प्रजातिका बिरुवा रोपियो

      ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

      पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

      नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

      ‘तिम्रै नाम होस’मा राजेश पायल र केकीको रोमान्स ( भिडियो

      विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

      मतगणना नसकिँदै धरानको मेयर लौरोको जित निश्चित

    होमपेज / राजनीती

    गाउँको मुहार फेर्ने अठोट लिएका ८० वर्षीय वडाध्यक्ष

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७४ जेष्ठ ११, बिहिबार (४ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    चौतारा । युवापुस्तालाई चुनौती दिँदै ८० वर्षीय मानबहादुर खड्का सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–१ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष पदमा विजयी भएका छन्।

    दोलखाको कालिन्चोकसँग सिमाना जोडिएको दुर्गम घोर्थलीका यी वृद्धले प्रतिस्पर्धी माओवादी केन्द्रका कमल खत्रीलाइ १३८ मतले पछि पार्दै जित हासिल गरेका हुन्। सो वडामा एमालेले १०२, राप्रपाले दुई र नयाँशक्ति पार्टीले एक मत मात्र ल्याउँदा गाउँको मुहार फेर्ने अठोट लिएका खड्का फराकिलो मत अन्तरले विजयी भएका छन्।

    पञ्चायत कालमा दुई÷दुई पटक वडा सदस्य भएका खड्का २०५४ सालमा भएको निर्वाचनमा वडाध्यक्ष पदमा दुई मतले पराजित भएका थिए। यो उमेरमा किन रहर गरेको भन्ने प्रश्नमा उनी भन्छन् “गाउँको विकास गर्ने धोको बाँकी नै थियो, अनि जनताले साथ दिएपछि विजयी पनि भएँ, अब जनतालाई निरास नपार्ने गरी सर्वप्रथम खानेपानी र सडक निर्माणमा जोड दिन्छु, भइरहेको मुहान भुकम्पले सुकाएपछि यहाँ खानेपानी चर्को अभाव भएकाले पहिले त्यसको व्यवस्थापनमा लागिपर्छु।”

    सुरुदेखि नै सामाजिक कार्यमा सक्रिय खड्का दुईवटा सडकलाई प्राथमिकता दिई शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि पहल गर्ने बताए।

    पहिलो पटक अल्पसङ्ख्यक माझी समुदायबाट चौतारा साँगाचोकगढी–१२ मा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा विजयी सुशील माझीले सर्वप्रथम समुदायमा सचेतना कार्यक्रम ल्याई आफ्नो समुदायलाई पछौटेपनबाट मुक्त गराउने बताउछन्। काभ्रेको दोलालघाटस्थित बन्देउसँग सिमाना जोडिएको र इन्द्रावती नदी किनारमा रहेको उक्त माझी बस्तीमा खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडक क्षेत्रमा आफूले उल्लेखनीय कार्य गरेर देखाउने दृढता उनले व्यक्त गरे।

    जनसङ्ख्या र क्षेत्रफलमा जिल्लाकै ठूलो मानिएको साबिक साँगाचोक गाविसकै नाममा चौतारा नगरपालिकालाई पछिल्लो पटक साँगाचोकगढीसँग जोडिएको हो। तीनवटा वडा रहेको साँगाचोकलाई सदरमुकाम प्रवेश गर्ने द्वारका रुपमा लिईन्छ। विशेषगरी माझी र दनुवार समुदायको बसोबास रहेको इन्द्रावती गाउँपालिका–१२ भीमटारमा नेपाली काँग्रेसबाट वडाध्यक्षमा विजयी कमलरत्न दनुवार पनि आफ्नो समुदायबाट विजयी भएकोमा खुसी व्यक्त गर्दै वडाको विकासमा सक्रिय रहने प्रण गरे।

    इन्द्रावती नदी किनारमा अवस्थित सो बस्तीको डिलमुनि इन्द्रावती बगे पनि फाँट सुक्खा रहेकाले लिफ्टिङद्वारा सिँचाइ गर्ने सोचमा आफू रहेको बताउँदै कमलरत्न दनुवारले विकासका सबै पूर्वाधारलाई एकैसाथ अगाडि बढाएर साना उद्योग सञ्चालन गरी युवायुवतीलाई रोजगार दिइने योजना अगाडी ल्याउने छु भने।

    त्यहाँ सञ्चालित विभिन्न क्रसर उद्योगले नदी गहिराएर भर्खरै निर्मित पक्की पुललाई समेत असर पुर्याएकाले त्यस्ता उद्योगलाई व्यवस्थितरुपमा सञ्चालन गर्न दबाब दिइने पनि उनी बताउछन्। दुई वटा वडा रहेको सो बस्तीको वडा नं ११ मा एमालेबाट मणि माझी वडाध्यक्ष पदमा विजयी छन्। उनी पनि आफ्नो समुदायको उत्थानका लागि माथिका सबै योजना लागू गर्न सहमत छन्।

    चौतारा साँगाचोकगढी नपा–४ बतासेमा राप्रपाका तर्फबाट वडाध्यक्ष पदमा विजयी दीपेन्द्र थापाले पनि खानेपानी, शिक्षा, कृषि, स्वास्थ्य र सडकलाई प्राथमिकतामा राखिने बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    विजयभन्दा रेनु ८४८४ मतान्तरले अगाडि

    रेनुले लिइन ८०५९ को अग्रता, पछि परे विजय

    ४० हजार मत नजिक बालेन, स्थापितभन्दा ४९५ मतले सिर्जना दोस्रो

    धनगढी उपमहानगरमा स्वतन्त्र उमेदवार हमाल विजयी, उपमेयरमा एमालेकी कन्दकला

    धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

    धरान उप–महानगरमा स्वतन्त्र उम्मेदवार हर्क साङपाङको १४७ मतको अग्रता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    शङ्खरापुरमा कार्यपालिका निर्वाचन जेठ १२ गते

    पोखरामा एमाले मेयर उम्मेदवार थापाको वडामा कांग्रेस विजयी

    निर्वाचन आयोगको नियमित पत्रकार भेटघाट स्थगित

    नुवाकोटका यी १७ उम्मेदवारको शुन्य मत

    विद्युत् सर्ट भई आगलागी हुँदा जलेर एकको मृत्यु

    ८ हजार भन्दा बढि मतान्तरले रेनुको अग्रता

    पलम र ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी

    नेपालभर १४१ जना सक्रिय संक्रमित बांँकी

    विवाहको ३ दिनअघि बाबुछोराको शव फेला

    फेरि पेट्रोलको मूल्य बढेर प्रतिलिटर १८० पुग्यो

    टीकापुर–५मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीको प्यानलै विजय

    भरतपुरमा रेणुले बढाइन मतान्तर

    चितवनको २ वटा वडामा एमालेको प्यानलै विजयी

    दीपकराज गिरीको व्यङ्ग्य– ‘एमाले र कांग्रेस मिलेर चुनाव लडेको भए बालेनलाई हराउन सक्नेरहेछन्’

    मध्यपुर थिमि २ मा पनि कांग्रेसका श्रीकृष्ण श्रेष्ठ विजयी

    पोखरा महानगरमा गठबन्धनको अग्रता

    डोटीको बडीकेदार गाउँपालिका अध्यक्षमा कांग्रेसका भैरवबहादुर साउँद विजयी

    आर्थिक

    आइएमई मोटर्स “हाइएस्ट बिजनेस ग्रोथ” अवार्डबाट सम्मानित

    सुनको भाउ बढ्यो, तोलाको कति ?

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑