सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१० जेठ । हुकिङ गरी विद्युत चुहावट गर्ने २६ जनालाई आज पक्राउ गरी नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र लहानले जरिवाना तिराएको छ । प्राधिकरणका कर्मचारी र प्रहरीको संयुक्त टोलीले अनुगमनको क्रममा जिल्लाको विभिन्न स्थानमा विद्युतीय सामग्रीसहित पक्राउ परेका २६ जनाबाट रु एक लाख ४३ हजार जरिवाना असुल गरेको छ ।
टोलीले सिरहाको मोतिपुर, खुर्कीयाही, सोठियाइन, सखुवा नन्कारकट्टीलगायत स्थानबाट ती व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख माधवप्रसाद यादवले जानकारी दिनुभयो । पक्राउ परेकाबाट २७ थान पानी तान्ने मोटर, एक थान पङ्खा, मेसिन, दुईथान टीभीलगायतका सामग्रीसमेत बरामद गरिएको प्रमुख यादवले बताउनुभयो ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा