सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विदुर नगरपालिकाले भूकम्प पिडितलाई घर बनाउदा नक्सापासमा लाग्ने राजस्वमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । विदुर नगरपालिकाको निर्वाचित जनप्रतिनिधिको पहिलो बैठकले भूकम्पपीडितलाई नयाँ घर बनाउँदा नक्सापासमा लाग्ने राजस्व शुल्क आधा छुट दिने निर्णय गरेको हो ।
वैशाख १२ को भूकम्पले आवास गुमाएर नयाँ घर निर्माण गर्नुपर्ने प्रभावितलाई नक्सापासमा अहिले लिँदै आएको शुल्कमा आधा छुट दिएर पीडितलाई राहतको अनुभूति दिन खोजिएको विदुर नगरपालिकका मेयर सञ्जु पण्डितले जानकारी दिए । ‘लाभग्राही सूचीमा नाम भएका पीडितले नयाँ आवास निर्माणका लागि यसअघि नगरपालिकामा तिर्दै आएको राजस्वलाई तत्कालै कार्यान्वयन हुनेगरी आधा रकम छुटको निर्णय गरी जनतालाई राहतको महसुस गराउन सुरु गरिएको छ,’ उनले भने ।‘नक्सापासमा रकम छुट दिने निर्णयले पीडितलाई १५ हजार रुपैयाँसम्म नगद बचत हुने भएकाले तत्कालै राहतको महसुस गराउन खोजेका हौँ, हाल नगरपालिकाले नक्सापास गर्दा पक्की घरको प्रतिवर्गफिट ७ हजार रुपैयाँ र अस्थायी आवासको ४ हजार रुपैयाँ राजस्व लिँदै आएको छ ।
साथै पहिलो बैंठकबाट नगरपालिकामा रहेका १३ वडाको वडा कार्यालय स्थापना गरी सहजरुपमा सेवा प्रवाह गर्न एक÷एक लाख रुपैयाँ बजेट निकासा गरी वडाअध्यक्षहरुलाई जिम्मेवारी दिइएको छ ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा