सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कास्की, जेठ १० – मत परिणाम आउने क्रम जारी रहेकै बेला नेपाली कांग्रेस जिल्ला कार्यसमिति, कास्कीका उपसभापति हरिप्रसाद आचार्यको हृदयघातबाट निधन भएको छ ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ काँहुमा वि.सं. २०३२ माघ १० गते जन्मिएका आचार्य नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पूर्व सदस्य एवं नेपाल तरुण दल, कास्कीका पूर्व सहसचिव समेत रहेका थिए । आचार्यको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा