सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गरेपछि राजीनामा दिएका हुन् ।
प्रचण्डले मंगलबार संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहे पनि एमालेले अवरोध गर्ने भएपछि संसद बैठक आज विहान ११ बजेका लागि सारिएको थियो । तर, आज पनि सहमति नजुटेपछि संसद बैठक भोलि ४ बजेसम्मका लागि स्थगित गरिएको छ ।
प्रचण्ड गत साउन १९ गते नेपालको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएको दोस्रो पटक हो ।
यसअघि २०६५ सालमा प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बनेका थिए । गणतान्त्रिक नेपालमा दुईपटक प्रधानमन्त्री बन्ने प्रचण्ड पहिलो कम्युनिष्ट नेतासमेत हुन् ।
कांग्रेस माओवादीबीच गत साउनमा भएको पाँच बुँदे सहमतिअनुसार प्रचण्ड नेतृत्वको सरकार चैत मसान्तसम्म रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने भनिएको थियो ।
त्यही सहमतिका आधारमा सरकार गठन गरेका प्रचण्डले स्थानीय तहको निर्वाचन वैशाख ३१ मा गराउने सर्तमा कांग्रेससँग एक महिना थप समय मागेका थिए । प्रचण्डको राजीनामा पछि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुनेछन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा