सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुन्दै आङ सिरिङ्ग हुने घटना ! १८ महिनाको बच्चाको कलेजोमा ६ इञ्च लामो जुका । यो घटना भारतको हो । भारतको नयाँदिल्लीस्थित एक अस्पतालमा शल्यक्रियाका क्रममा डाक्टरहरुले बच्चाको कलेजोबाट ६ इञ्चको गोलो जुका निकालेका छन् ।
गोलो जुका एक परजिवी हो र दुषित पानी तथा खानाको माध्यमबाट यो जुकाको फुल मानिसको शरीरभित्र प्रवेश गर्दछ । यो जुका प्रायः मानिसको आन्द्रामा पाइन्छ । तर, उक्त बच्चाको यो जुका आन्द्राबाट पित्तनली हुँदै कलेजोसम्म पुगेको चिकित्सकहरुले बताएका छन् ।
झण्डै २० मिनेटमा इन्डोस्कोपी मेसिनको सहायताले उक्त अपरेशन गरिएको थियो । यसरी कलेजोमा यति ठूलो जुका भेटिएको विश्वमै दोस्रो घटना भएको डाक्टरहरुको भनाइ छ । यसअघि ब्राजिलमा यस्तो घटना भएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा