सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ १०, पाँचथर – नेपाली काग्रेस पाँचथरले स्थानिय तहको निर्वाचनमा उठ्ने उम्मेद्धवारको टुंगो लगाएको छ । पाटी कार्यालयमा आज विहान पत्रकार सम्मेलनको आयोजना गरी उम्मेद्धवारको टुंगो लगाएको हो । जिल्लाको फालेलुङ गाउँपालिकाको अध्यक्षमा संचकुमार केरुङ,उपाध्यक्ष पदमा हिमा अधिकारी,फाल्गुनन्द गाउँपालिकाको अध्यक्षमा अमर नेम्बाङ र उपाध्यक्षमा देवित्रा आङदेम्बे लाई उठाएको छ । त्यसैगरी हिलिहाङ गाउँपालिकाको अध्यक्षमा समरबहादुर अधिकारी,उपाध्यक्षमा ताराकुमारी योङहाङ,त्यस्तै कुमायक गाउँपालिकाको अध्यक्षमा बम प्रसाद लावती,उपाध्यक्षमा सूर्यकुमारी नेम्बाङ चेम्जोङ लाई उठाएको छ ।
त्यसैगरी मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा खड्गसुन्दर लावती,उपाध्यक्षमा सुनमाँया राई,तुम्बेवा गाउँपालिकाको अध्यक्षमा होमनाथ थापा,उपाध्यक्षमा टेककुमारी कुरुम्बाङ रहनुभएको छ । त्यसैगरी याङबरक गाउँपालिकाको अध्यक्षमा शेरबहादुर नुगोलाई अघि वढाएको छ । यस्तै फिदिम नगरमा भने मेयर र उपमेयरमा उम्मेद्धवारका दाबेदारले नछोडेपछि केन्द्रमा पठाइएको पाटीका जिल्ला चुनाव प्रचार प्रसार समिती संयोजक वृजहाङ आङदेम्बेले वताउनुभयो ।
जिल्लाको ६० वटा वडाहरुमा भने कार्यसमिती चयन गरिसकिएको छ । यस्तै कार्यक्रममा वोल्दै नेपाली काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्र कुमार केरुङले प्रत्येक गाउँपालिकामा सक्षम र सबल उम्मेद्धवारहरु तयार पारेको वताउनुभयो ।नेपाली काग्रेस पाँचथर जिल्ला सचिव रुपनारायण जवेगुले पाटीले उठाएका उम्मेद्धवारहरुको प्रचार प्रसारमा सहयोग पुरयाईदिन सम्पूर्ण पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा