सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ पुस । यसअघि दुई दिन बढेर हिजो बुधवार ११ अङ्कले घटेको शेयर बजार आज बिहीवार भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५६ दशमलव ८८ अङ्कले बढेर २ हजार २९ दशमलव शून्य तीन विन्दुमा पुगेको छ ।
यसदिन २५७ वटा कम्पनीका ८० लाख २४ हजार कित्ता शेयर दुई अर्ब ८६ करोड तीन लाख रुपैयाँमा कारोबार भएका छन् आज विकास बैंक, बीमा, जलविद्युत्, फाइनान्स र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले बढेको छ । सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको १२ करोड तथा नेपाल दूरसञ्चार कम्पनी र रिडी हाइड्रोको १० करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज हिमालयन ऊर्जा विकास कम्पनी, सानिमा लाइफ इन्सुरेन्स, अजोड इन्सुरेन्स, प्रभु इन्सुरेन्स, श्वेत गंगा हाइड्रो, सृजनशील लघुवित्त र धौलागिरि लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजारमा बढे पनि नेष्डो समृद्ध लघुवित्तको शेयर एक प्रतिशतले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा