सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ११ पुस । नवनियुक्त प्रधानमन्त्री दाहाललाई भारतीय प्रधानमन्त्री मोदीको बधाई
नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
भारतीय प्रधानमन्त्रीले सामाजिक सञ्जाल ट्विटरमार्फत नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रधानमन्त्रीमा नियुक्त हुनुभएकामा बधाई दिनुभएको हो ।
मोदीले भारत र नेपालबीच अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै यस खालको मित्रतालाई अझ मजबुत बनाउन आफू नेपालसँग मिलेर काम गर्न तत्पर रहेको बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले लेख्नुभएको छ, “सिएम प्रचण्ड नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई । भारत र नेपालबीचको अद्वितीय गहिरो सांस्कृतिक सम्बन्ध र जनता जनताबीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु ।”-
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा