सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ पुस । कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी हुनु भएको छ । बिहान भएको चुनावमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याउनुभयो भने महामन्त्री गगन थापाले २५ मत पाउनुभयो ।
कांग्रेसका सबै ८९ सांसदले नै मतदान गरेका थिए । दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नुभएका देउवासँग थापाले पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा गर्नुभएको हो । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको छ ।
वि स २०५१ सालमा तत्कालीन पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले युवा नेता देउवालाई संसदीय दलको नेतामा अघि सार्नु भएको थियो । दलको नेता भएकै कारण देउवा ४९ वर्षको उमेरमै प्रधानमन्त्री बन्नुभएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा