सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १७ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।
राष्ट्रिय परीक्षा बार्डको बैठक आज साँझ साढे ४ बजे बोर्ड बैठक बोलाइएको हो।
बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन गरेको थियो। गत जेठ १५ देखि २५ गतेसम्म लिइएको बोर्ड परीक्षामा ४ लाख १० हजार ५० विद्यार्थी सहभागी भएका थिए।
यो पटक पास हुनको लागि प्रयोगात्मक परीक्षामा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशत भन्दा बढी अंक ल्याउनुपर्नै बोर्डले जनाएको छ । त्यो भन्दा कम अंक ल्याएमा पुनः परीक्षा दिनुपर्नेछ।
नतिजा प्राप्त गर्नको लागि ल्याण्डलाइन तथा मोवाइलबाट १६०१ डायल गरि निर्देशन अनुसार SYMBOL NUMBER थिच्नुहोस् वा SMS बाट NEB <SPACE><SYMBOL NUMBER> टाइप गरि १६०१ मा पठाउनुहोस्। https://neb.ntc.net.np बाट पनि नतिजा हेर्न सकिनेछ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा