सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पोखरा महानगरपालिकाको गठबन्धन तर्फबाट मेयरउम्मेदवार एकीकृत समाजवादीका धनराज आचार्यले अग्रतालाई कायमै राखेका छन् । ९२ हजार ५६१ मत गणना सम्पन्न हुँदा आचार्यले ३७ हजार १२२ मत पाएका छन् ।
यसैगरी नेकपा एमालेका कृष्ण थापाले ३३ हजार ८५० मत पाएका छन् । राप्रपाका शंकर खरालले ४ हजार २२८ र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४४५ मत ल्याएका छन् ।
यस्तै उपमेयरमा भने एमालेकी उम्मेदवारले अग्रता बनाएकी छन् । एमालेकी उम्मेदवार मन्जु गुरुङले ३८ हजार मत कटाउँदा कांग्रेसका उम्मेदवार कोपीला रानाभाटको ३७ हजार ५४५ मत आएको छ । राप्रपाकी रन्जना सेनले ४ हजार १३१ मत ल्याएकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा