सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत निर्वाचित भएका छन् ।
निवर्तमान मेयरसमेत रहेका बस्नेतले १० हजार १ सय ८६ मत ल्याएर पुनः मेयरमा निर्वाचित भएका हुन् ।
उनले नेकपा एमालेका नन्दन हरि गौतमलाई १८०० मतान्तरले हराए। गौतमले ८ हजार ३६८ मत पाएका छन्। यस्तै राप्रपाका उम्मेदवार ध्रुव प्रसाद खनालले २४६९ मत पाएका छन्।
उपमेयरमा भने नेकपा एमालेकी सुशीला अधिकारी ९ हजार ४७४ मत ल्याएर विजयी भएकी छन्। उनका प्रतिस्पर्धी राप्रपाकी कल्पना नेपालीले २ हजार ७५३ मत ल्याइन्।
उपमेयरमा एकीकृत समाजवादीका कृष्ण हरि खत्रीले २ हजार १२६ र माओवादी केन्द्रका प्रताप दानीले १ हजार ६५६ मत ल्याए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा