सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उहाँले यहाँका १४ वटा वडा गणना गर्दा २७ हजार ४१२ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २२ हजार २७९ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले नौ हजार ५५२ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपप्रमुखमा गठबन्धनबाट कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १२ हजार २०० मत अन्तरले अग्रता लिनुभएको छ । अधिकारीले २९ हजार ५२५ मत प्राप्त गर्दा गुरुङले १७ हजार ३२५ मत प्राप्त गर्नुभएको छ ।
गणना सकिएका वडामा नेपाली कांग्रेसले १, २, ४, ५, ६, ८, १० र १४, नेकपा एमालेले वडा नम्बर ३, ११ र १२, नेकपा समाजवादीले ७ र ९ एवं नेकपा माओवादी केन्द्रले वडा नम्बर १३ मा विजय हासिल गरेको छ ।
हाल भरतपुर महानगरपालिका वडा नम्बर १५ र १६ को गणना जारी रहेको छ । गणना जारी वडामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिनुभएको छ । भरतपुर महानगरपालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा