सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ७ जेठ । कैलालीको धनगढी उपमहानगरपालिमा अहिलेसम्म ५१ हजार ६५ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा स्वतन्त्र उमेदवार गोपाल हमालको फराकिलो अग्रता कायमै छ । उनले २२५४१ मत पाएका छन् । नेपाली कांग्रेसका उमेदवार नृपबहादुर वडले ११५४४ मत ल्याएका छन् । नेकपा (एमाले)का उमेदवार रणबहादुर चन्द ६४२४ मतसहित तेस्रो स्थानमा छन् ।
उपप्रमुखमा एमालेकी उमेदवार कन्दकला राना १०८८० मतसहित अगाडि छिन् । नेकपा (माओवादी केन्द्र)की उमेदवार शान्ति अधिकारीले १०७०२ मत पाएकी छन् । स्वतन्त्र उमेदवार प्रभाकर भण्डारी ६००० मतसहित तेस्रो स्थानमा छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा