सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नेता प्रदिप पौडेलले बलात्कार मुद्दामा उजुरीको हदम्याद तोकिने ब्यबस्था हटाउन माग गर्नुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटर मार्फत पौडेलले बलात्कारका पुराना घटनाको उजुरी नलिदा पीडितले हरेश खाने तथा अपराधीलेले सहजै उन्मुक्ति पाउने अवस्था आउन नहुनेमा जोड दिनुभएको छ । उहाँले बलात्कार जस्ता अपराधमा उजुरीका लागि समयसीमाको हदम्याद तोकिनु नहुनेमा जोड दिएका छन् ।
पौडेलले ट्विटरमा लेखेका छन् “मुलुकी अपराध संहिता २०७४,बालबालिका सम्बन्धी ऐनमा बलात्कार कसुरबारे उजुरीको हदम्याद तोकेको छ। पीडितहरु प्रताडनाबाट गुज्रने गरेको पाइएको छ।बलात्कारका पुराना घटनाको उजुरी नलिदाँ पीडितले हरेश खाने तथा अपराधिले सहजै उन्मुक्ति पाउने अवस्था छ।यस्ता अपराधमा समयसीमाको हदम्याद तोकिनुहुन्न।”
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा