सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ । सभामुख अग्निप्रसाद सापकोटाले सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको बिषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएका छन् ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले सामाजिक सञ्जालमा पिडित युवतीले बलात्कारको घटना सार्वजनिक गर्दा पनि दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए।
लगतै सभामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।
बुधबार सामाजिक सञ्जालमा एक युवतीले ६ बर्ष अघि सुन्दरी प्रतियोगीताको ब्याचलर पार्टी आयोजना गरेको भन्दै एभरेष्ट होटलमा बोलाएर पिए पदार्थमा बेहोस पार्नै औषधि खुवाइ आफुमाथि बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन । उनले आफुमाथि ब्ल्याकमेल गर्दै ६ महिनासम्म बलात्कार भएको खुलाएकी थिइन् ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा