सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। नेपाली राष्ट्रिय महिला क्रिकेट टिम र युगान्डाविरुद्धको चौथो टी-२० खेलको टस ओसिलो मैदानका कारण प्रभावित बनेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुने खेलका लागि हुनुपर्ने टस ओसिलो मैदानका कारण केही समय पछि सरेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
पाँच खेलको टी २०-शृंखला दुई खेल अगावै नेपाल पहिलो खेलमा पाहुना टोलीसँग १२ रनले, दोस्रो खेलमा एक विकेटले र तेस्रो खेलमा ६ विकेटले पराजित भएको थियो ।
शृंखलाको अन्तिम खेल शनिबार हुनेछ । नेपाली महिला क्रिकेट टिमले पहिलो पटक घरेलु मैदानमा क्रिकेट शृंखला खेलेको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा