सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ६ जेठ । नेपाली कांग्रेस महामन्त्री तथा सांसद गगन थापाले सौदर्य प्रतियोगीताको नाममा बलात्कार गर्नैलाई पक्राउ गर्न माग गरेका छन् ।
शुक्रबार जारी प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथिको छलफलमा सहभागी हुने क्रममा थापाले बलात्कारको घटना सार्वजनिक भइसक्दा पनि दोषी पक्राउ नपरेको विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले बलात्कार आरोपितलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग समेत गरेका हुन् ।
बुधबार सामाजिक सञ्जालमार्फत एक युवतीले सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको सामाजिक सञ्जालहरुमा भिडियो शेयर गर्दै खुलासा गरेकी थिइन्।
थापाले सदन र सरकारको ध्यानाकर्षण गराउँदै बलात्कार तथा यौन उत्पीडनका सम्बन्धमा रहेको हदम्यादबारे पुनर्विचार गर्न पनि सरकारसँग आग्रह गरे ।
उनले भने,’ एक किशोरीमाथि यौनहिंसा भएको घटना बाहिर आएको छ। हदम्यादको कुरा उठेको छ। संहितामा भएको हदम्यादको विषयमा पुनरविचार गर्न आग्रह गर्न चाहन्छु।’
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा