सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । धनगढी उपमहानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन् । पछिल्लो मतपरिणाम अनुसार ४२२३० मतगणना हुँदा गोपाल हमालले १९१४७ मत ल्याए ।
गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ९५५७ र नेकपा एमालेका रणबहादुर चन्दले ४६६४ मत पाएका छन् । हमाल र वडबीच ९५९० मतको अन्तर छ।
यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ८८१५ मतका साथ लिड गरिरहेकी छिन् ।
एमालेकी कन्दकला रानाले ८१४१ र स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५३६ मत ल्याए ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा