सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ५ जेठ । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन शाहको परिवारमा पुत्री लाभ भएको छ ।
महानगरपालिकाको मेयर पदको जारी मतगणनामा अग्रता लिइरहेका बालेन शाहको दाई कौशल शाह र भाउजु शिला बास्तोलालाई बिहीबार पुत्री लाभ भएको हो ।
सुरुवाती मतगणादेखी नै अग्रता लिइरहेका बालेनलाई पछिल्लो समय युवा पुस्ताहरुले भरोसाको केन्द्रको रुपमा लिएका छन् ।
उनले अहिले निकतम प्रतिद्धन्दि नेकपा एमालेका केशव स्थापीतलाई ११ हजार भन्दा बढि मतान्तर पछाडि पार्दै अग्रता लिइरहेका छन् ।
(सच्याइएको : भुलबस यसअघि यही समाचारमा बालेको श्रीमती सबिना काफ्लेले छोरी जन्माएको भनिएको थियो )
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा