सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कपिलवस्तु । आफ्नै झड्केलो छोरा ५ वर्षीय आशिष कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा वाणगंगा नगरपालिका-५ सिमलखोर बस्ने २६ वर्षीय लक्ष्मण कोहारलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
कोहारले कुटपिट गर्दा गम्भीर घाइते भएका आशिषको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोपवा र ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा