सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले एमाले-कांग्रेसका उम्मेदवारलाइ निकै पछि पारेका छन्। निकटतम प्रतिद्वन्द्वीभन्दा उनको अग्रता साढे ८ हजारभन्दा धेरै भएको छ ।
पछिल्लो मतगणना अनुसार बालेनले १७ हजार भोट कटाएका छन्। बालेनले १७ हजार ५५८ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापितले ९ हजार ५६ भोट पाएका छन्। त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ८ हजार १२८ भोट ल्याएकी छन्।
मतगणनाको सुरूदेखि नै बालेनले अग्रता कायम गर्न सफल भएका छन्। अहिले उनको अग्रता एमालेसँग ८५०२ पुगेको छ । काग्रेससँग उनको अग्रता ८८७१ पुगेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा