सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै रहेको छ । निकटत्म प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितभन्दा बालेन ८५०२ मतले अघि रहेका छन् ।
पछिल्लो प्राप्त मतगणनाअनुसार बालेनले १७५५८ मत प्राप्त गर्दा स्थापितले ९०५६ मत पाएका छन् । गठबन्धनकी साझा उम्मेदवार सिर्जना श्रेष्ठले ८१२८ मतका साथ बालेन र स्थापितलाई पछ्याइरहेकी छन् ।
उपमेयरतर्फ एमालेकी सुनिता डंगोलको लोकप्रिय भोट मार्फत अग्रता तीव्र गतिमा रहेको छ । उनले १५६७४ मत पाउँदा प्रतिस्पर्धी रामेश्वर श्रेष्ठ (एकीकृत समाजवादी) ले ५०१५ मत र बिनिता मगैया (राष्ट्रिय प्रजातन्त्र पार्टी) ले ३४४९ मत पाएकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा