सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, १ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । रेणुले नेकपा (एमाले)का विजय सुवेदीलाई १८५२ मतले पछि पारेकी छन् ।
हालसम्म २८६४३ मत गणना हुँदा गठबन्धनबाट मेयरको उम्मेदवार बनेकी रेनु दाहालले १०४४९ मत प्राप्त गरेकी छन् । त्यस्तै नेकपा ९एमाले०का विजय सुवेदीले ८५९७ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४६९६ मत प्राप्त गरेका छन् । त्यस्तै उपमेयरतर्फ नेपाली काँग्रेसका चित्रसेन अधिकारीले १२४९६ मतका साथ अग्रता कायम राखेका छन् । राप्रपाकी हिमला गुरुङले ६ ९९२ मत प्राप्त गरेकी छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा