सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १ जेठ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमालेले आत्मसमीक्षा गरे देश, जनता र वाम आन्दोलनको हितमा हुने प्रक्षेपण गरेका छन् ।
श्रेष्ठले सामाजिक सञ्जाल फेसबुक मार्फत प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोधको अन्त्य गरेर राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति राम्रो गरेको बताएका हुन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘अन्ततः एमालेले लामो निरर्थक संसद अवरोध अन्त्य गर्यो। राष्ट्र, लोकतन्त्र र स्वयं एमालेको निम्ति पनि यसो गर्नै पर्थ्यो। ढिलै भएपनि विवेकले काम गर्यो। राम्रो गर्यो। एमालेले यसरी नै विवेक प्रयोग गरेर समग्रतामा गम्भीर आत्मसमीक्षा गर्न सक्यो भने देश, जनता र वाम आन्दोलनको हितमा हुनेछ। सोचौं।’
मंगलबार ९ महिनापछि नेकपा एमालेले संसद अबरोध नगरी अरु नै तरिकाले विरोध गर्नै जनाएको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा