सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
उदयपुर। उदयपुरको उदयपुर गढी गाउँपालिका–६ बैजनाथ खोलाको पुलमा मंगलबार बेलुकी कार दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कारमा सवार मोरङको बिराटनगर महानगरपालिका ५ का ३४ वर्षीय देबेन्द्र चापागाई रहेका छन्। गम्भीर घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते भएका कार चालक सहित ४ जनालाई उपचारका लागी न्युरो अस्पताल बिराटनगर लगिएको छ। बा २५ च ७८१९ नम्बरको कार हिजो बेलुकी पौने ९ बजे अनियन्त्रित भइ सडकबाट अन्दाजी २० मिटर तल खसेको प्रहरी चौकी नेपालटारले जनाएको छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा