सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा नेपाली कांग्रेस ‘क्लीन स्वीप’ भएको छ । प्रतिनिधि सभामा उनी लड्दै आएको दार्चुलाको नौ स्थानीय तहमध्ये पाँच नेकपा एमाले र चार नेकपा माओवादी केन्द्रले जितेको हो ।
एमालेले शैल्यशिखर र महाकाली नगरपालिकाहित दुहुँ, ब्यास र मालिकार्जुन गाउँपालिका जितको छ भने माओवादीले अपि हिमाल, नौगाड, मार्मा र लेकम गाउँपालिका जितेको छ ।
शैल्यशिखरमा विजयसिंह धामी, महाकालीमा नरसिंह चैसिरर, दुहुँमा नरेन्द्रबहादुर सिंह, ब्यासमा मंगलसिंह धामी र मालिकार्जुनमा हिरासिंह धामी प्रमुख/अध्यक्ष्मा निर्वाचित भएका छन् ।
अपि हिमालमा भक्तसिंह बोहोरा, नौगाडमा दलजीत सिंह धामीर, मार्मामा जमनसिंह धामी र लेकममा रामदत्त जोशी निर्वाचित भएका छन् ।
२०७४ सालको निर्वाचनमा कांग्रेसले पाँच पालिका जित हात पारेको थियो । ०७४ सालमा कांग्रेसले महाकाली नगरपालिका, दुहुँ, ब्यास, मालिकार्जुन र शैल्यशिखर गाउँपालिकामा जितेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा