सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, ४ जेठ । भरतपुर महानगरपालिकामामाओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले एघारसय मतले अग्रता लिइरहेकी छन्।
पछिल्लो मतगणना अनुसार २५३५८ मतगणना गर्दा दाहालले ९०११ ल्याएकी छन्। उनका प्रतिस्पर्धी एमालेका विजय सुवेदीले भने ७८९२ मत पाएका छन्। नेपाली कांग्रेसका वागी तथा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४११२ ल्याएका छन्।
उपमेयरमा पनि गठबन्धन नै अघि छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका चित्रसेन अधिकारीले १०७७४ मत ल्याएर अग्रस्थानमा छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीकि हिमला गुरूङले ६४५४ मत ल्याएर उनलाई पछ्याइ रहेकी छन्।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा