सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । एडु ब्रिज कन्सल्ट्यान्सी, बिज एजुकेसन र डल्फिन एजुकेसनको संयुक्त आयोजनामा बेलायत अध्ययनार्थ जान चाहने विद्यर्थीहरुलाई लक्षित गरी बेलायतका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरु सामु “ग्रान्ड यूके एजुकेसन फेयर” को आयोजना हुने भएको छ।
विभिन्न कोर्सहरु, आई ई एल टी एस, स्कलरसिपको सुविधा, विश्वविद्यालय र शिक्षण संस्था छनोट, अध्ययनार्थ बेलायत जाँदा लाग्ने खर्चहरु तथा पड्ने सहरका बारेमा विद्यार्थीहरूलाई सम्पूर्ण जानकारी प्रदान गर्ने उद्धेश्यले, यही मे १९ तारीख बिहीबारका दिन ‘दि एभरेष्ट होटल” नयाँ बानेश्वर काठमाडौंमा “ग्रान्ड यूके एजुकेसन फेयर” को आयोजना हुन गइरहेको सूचना बिज एजुकेसनका डाइरेक्टर हरी कार्कीले जानकारी गराउनु भयो।
यस्तो किसिमको फेयर को आयोजना गर्दा विद्यार्थीहरुले एउटै इभेन्ट मार्फत उक्त देशका विश्वविद्यालका प्रतिनिधिहरु मार्फत प्रत्यक्ष कुराकानी गरी लाभ लिन सकिने भएकाले यो अन्तराष्ट्रिय अध्ययनमा जान इच्छुक विद्यार्थीहरुका लागि निकैनै लाभदाई हुने भन्दै एडु ब्रिज कन्सल्ट्यान्सीका फाउन्डर सिइओ योगेश क्षेत्रीले जानकारी गराउनु भयो।
युकेका उत्कृष्ट युनिभर्सिटी, कलेज र इन्स्टिच्युट हरूका प्रतिनिधि संग प्रत्यक्ष रूपमा कुरा गरी अन्तराष्ट्रिय अध्ययनमा जानु अघि र गइसके पछि खडा हुने आफ्ना विषयसँग सबन्धित कुनैपनि समस्याका बारेमा समाधान खोज्नु हुनकालागी १९ तारिखका दिन होटल एभरेष्ट मा हुन गइरहेको ग्राण्ड युके एजुकेशन फेयर २०२२ भिजीट गरी मौकाको फाइदा उठाउन डल्फिन एजुकेसन कन्सल्टेन्सीका डाइरेक्टर प्रेम पाण्डेले जानकारी गराउनु भयो।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा