सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, ३ जेठ । नौ महिनादेखिको संसद् बैठकको अवरोध हटेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अवरोध छाडेसँगै संसदको बजेट अधिवेशन नियमित हुने भएको हो ।
आफूले हटाएका १४ जना सांसदलाई बर्खास्त नगरेको भन्दै सभामुखको विरोधमा एमालेले गएको भदौ २३ गतदेखि निरन्तर संसद् बैठक अवरोध गर्दै आएको थियो । तर नौ महिनापछि आज मङ्गलवार एमालेले संसद् बैठकमा अवरोध नगरेको हो ।
एमालेले संसद सञ्चालन गर्ने दिने र फरक ढंगबाट विरोध गर्ने जनाएको हो।
आजको बैठकको सुरुमै एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बैठकलाई सम्बोधन गर्नुभएको छ । उहाँले सभामुखले गलत गरेको र पक्षपातपूर्ण व्यवहार गरेको आरोप लगाउनुभएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा