सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ जेठ । जेठ महिनाको पहिलो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक ८४.९० अंकले घटेर २२६५.५२ विन्दुमा आइपुगेको छ।
आज २२१ कम्पनीको ३५ लाख ९५ हजार ५६८ कित्ता सेयर ३३ हजार ६१० पटक कारोबार हुँदा १ अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँमा खरिदबिक्री भयो।
यसदिन कारोबारमा आएका १३ वटै समूहको सूचक घटेको छ।
आज अन्य समूहको सर्वाधिक ५.८३ प्रतिशतले सूचक घट्यो।फाइनान्सको ५.७५ र हाइड्रोपावरको ५.२८ प्रतिशतले घट्दा लाइफ इन्स्युरेन्सको ४.९८ र डेभलपमेन्ट बैंकको ४.०१ प्रतिशतले सूचक घट्यो। यस्तै इन्भेस्टमेन्टको ३.३७, माइक्रोफाइनान्सको २.९८, होटल एन्ड टुरिजमको २.५८, ट्रेडिङको २.९५, बैंकिङको २.३९ प्रतिशतले सूचक ओरालो लाग्यो।
यसदिन चार कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ।
आज सर्वाधिक जाल्पा सामुदायिक लघुवित्तको सेयर कारोबार भयो।
कम्पनीको ९ करोड ७९ लाख बढी कारोबार भएको हो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा