सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं महानगर प्रमुखमा ७७७१ मतसहित स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमै छन् ।
नेकपा (एमाले)का केशव स्थापित ४११३ मतसहित दोस्रो र नेपाली कांग्रेसका सिर्जना सिंह ३५७३ मतसहित तेस्रो स्थानमा छन्।
बालेनको मत निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको भन्दा ३६५८ ले बढी हो । अघिल्लो अपडेटअनुसार स्थापितको मत ३९८२ हुँदा बालेनको ७५३५ मत रहेको थियो।
बालेनले निकटतम प्रतिद्वन्द्वी एमालेका स्थापितको अघिल्लो अपडेटभन्दा १०५ले बबढाएका छन् ।
त्यस्तै, काठमाडौँ महानगरपालिकाको उपमेयरमा एमालेकी उम्मेदवार सुनिता डंगोलले अग्रता कायम गरेकी छन्।
डंगोलले ६ हजार ५५७ मत प्राप्त गरेकी छन्।
गठबन्धनका रामेश्वर श्रेष्ठले १ हजार ८५५ मत प्राप्त गरेका छन्। राप्रपाका उम्मेदवार १ हजार ३७८ मत प्राप्त गरेका छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा