सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
झापा । भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा आज झापाको मेचीनगर–९ की ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने थप एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी वसन्त पाठकका अनुसार आज अपराह्न ३ः४५ बजे किसानलाई स्थानीय टिमाई खोलाको बगरमा हिँडिरहेको बेला हात्तीले आक्रमण गरेर सख्त घाइते बनाएको थियो । उपचारका लागि मेची अञ्चल अस्पतालमा लगिएकामा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सोही वडाकी ३८ वर्षीया वसन्ती दनुवार आज अपराह्न १ बजेतिर स्थानीय थोप्ले बिरान सामुदायिक वनमा घाँस काट्न जाँदा हात्तीको आक्रमणमा घाइते भएकी हुन् । पेट र शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा उहाँलाई उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटल लगिएको छ ।
शनिबार राति झापाको उत्तरी सीमावर्ती क्षेत्र बाहुनडाँगीमा भारतबाट १५ वटा जङ्गली हात्ती छावासहित पसेको स्थानीयवासी शङ्कर लुइँटेलले जानकारी दिए । तिनै हात्ती छरिएर झापाको विभिन्न सामुदायिक वनतिर पसेको अनुमान गरिएको छ ।
गए राति मेचीनगर–१३ स्थित निचाझोडा जङ्गलबाट दुहागढीको मानव बस्तीमा तीनवटा हात्ती पसेको निवर्तमान वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए। डिभिजन वन कार्यालय झापाको टोलीले हात्ती गाउँ पसेको बाहुनडाँगी क्षेत्रमा साइरनसहित गस्ती गरिरहेको जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा