सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ जेठ । भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार विजय सुवेदीको अग्रता झन् बढेको छ । यसअघि ४७ मतले अग्रता लिइरहेका सुवेदीले पछिल्लो परिणाममा ६१ मतले अग्रता लिएका छन् ।
पछिल्लो अपडेटअनुसार विजय सुवेदीले ४४०० मत पाएका छन् । रेनु दाहालले ४३३९ मत पाएकी छिन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले १९०० मत ल्याएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५१०३ मत पाएका छन् । एमालेकी हिमला गुरुङले ३४८३ मत ल्याएकी छिन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा