सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्थानीय तह निर्वाचनमा शुक्रबार मतदानपश्चात् शीर्ष नेताबीच आरोपप्रत्यारोप चलेको छ । उम्मेदवारी दर्ताअघि र प्रचारप्रसारका क्रममा एकअर्कालाई आरोप–प्रत्यारोपमा बढी समय खर्च गरेका शीर्ष नेता मौन अवधिमा केही समय मौन जस्तै भए पनि मतदान गरेपछि उही पुरानै शैलीमा उत्रेका छन् । सत्तारूढ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच रोचक वादविवाद भएको छ । शुक्रबार मतदान गरिसकेपछि दुई नेताले एकअर्कालाई आरोप लगाएका हुन् ।
प्रधानमन्त्री देउवाले डडेल्धुरा गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’बाट मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबैको भ्रम चिरेर निर्वाचन भएको टिप्पणी गरेका छन्। निर्वाचनविरोधी शक्तिहरूलाई समेत सहभागी गराएर ३० वैशाखमै निर्वाचन गराउनु सरकारको सफलता भएको बताउँदै प्रधानमन्त्री देउवाले भने, ‘चुनाव हुँदैन हुँदैन भन्ने केपी ओलीजीले पनि मतदान गर्नुभयो हो । निर्वाचनविरोधी शक्ति पनि आएका छन् । स्थानीय तहको समृद्धि र विकासका निम्ति यो निर्वाचन महत्वपूर्ण छ ।’
दउवाले अवाञ्छित क्रियाकलाप र तौरतरिका अपनाएर रोक्न खोजे पनि सरकारले चुनाव गर्न सफल भएको उनले बताए । उनले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको भन्दै कांग्रेस गठबन्धन कमजोर नभएको जिकिर गरे । उता एमाले अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माध्यमिक विद्यालय मतदान केन्द्र ‘क’मा मतदान गरेका छन् । मतदान गरिसकेपछि ओलीले आफूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले गत ९ वैशाखसम्म स्थानीय तहको निर्वाचन सारौं भन्ने प्रस्ताव गरेको खुलासा गरे । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा