सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
तनहुँ । तनहुँको व्यास नगरपालिका–८ रिस्तीका ९९ वर्षीय वृषसिं गुरुङले स्ट्रेचरमा मतदान केन्द्रसम्म पुगेर मतदान गरेका छन् । स्थानीय तह निर्वाचनका लागि उनले शुक्रबार गाउँ विकास समिति मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
लामो समयदेखि अशक्त गुरुङको हालै मात्रै प्रोष्टेटको शल्यक्रिया गरिएको थियो । घरदेखि दश मिनेटको दूरीमा अवस्थित मतदान केन्द्रसम्म गुरुङलाई आफन्तको सहयोगमा ल्याइएको थियो । यसैगरी म्याग्दे गाउँपालिका–१ गुणादीस्थित माहेन्द्री मावि मतदान केन्द्रमा ९२ वर्षीय नारायणदत्त खनालले पनि मतदान गरेका छन् ।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा