सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकामा रहेको एउटा हाँस फार्ममा बर्डफ्लु देखिएको छ । जिल्लाको दक्षिण–पश्चिम भेगस्थित भारतसँग सीमा जोडिएको गोडैता नगरपालिका–५ मा रहेको जेके पशुपालन तथा पोल्ट्री फार्म हाउसमा पालिएका हाँसमा बर्डफ्लु देखिएको हो । बिहीबार बिहानदेखि पशु सेवा विभागबाट खटिएको टोलीले फार्म हाउस तथा आसपासका क्षेत्रमा निरीक्षण अनुगमन गरिरहेको छ ।
उक्त फार्ममा पालिएका ५५० वटा हाँसमध्ये बर्डफ्लुका कारण ३८२ वटा हाँस मरिसकेका र हाल फार्ममा १६८ वटा जिउँदो हाँस रहेका घटनास्थलमा खटिएका पशु सेवा विभागका डा. विजय चौधरीले जानकारी दिए । बर्डफ्लु देखिएपछि विभागले राष्ट्रिय पशु प्रजनन केन्द्र लहानका पशु चिकित्सक चौधरीसहितको टिमलाई बिहीबार गोडैता पठाएको हो । गोरखापत्र दैनिक
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा