सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । लगातार ४ दिन उकालो लागेको सेयर बजार कारोबारको अन्तिम दिन आज बिहीबार दोहोरो अंकले घटेको छ। यसदिन नेप्से १८.६४ अंकले घटेर २३५०.४२ विन्दुमा झरेको छ। आज २२८ कम्पनीको ५२ लाख २७ हजार ३५९ कित्ता सेयर २ अर्ब ३२ करोड ८४ लाख बढी रुपैयाँमा खरिदबिक्री भयो। आज ४० हजार २३ पटक कारोबार भयो।
नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। अघिल्लो दिन दुई अर्ब १६ करोड ३९ लाख ९० हजार ७४३ रुपैयाँमा सेयर किनबेच भएको थियो।
आज शिवम् सिमेन्टको सर्वाधिक ११ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भयो। यस्तै राधि विद्युतको ८ करोड १० लाख, अरुण भ्याली हाइड्रोपावरको ८ करोड ८ लाखमा सेयर कारोबार भयो।
आज जलपा लघुवित्त वित्तीयको सेयर मूल्य १० प्रतिशतले बढ्यो।
आज सबैभन्दा धेरै प्राइम लाइफ इन्सुरेन्सको शेयर साढे सात प्रतिशत र युनियन लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा