सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय–इनले सोमबार बिदाई गरेसँगै अब, सुक–योलले नयाँ राष्ट्रपतिको रुपमा कमान सम्हाल्नेछन् । सोमबार उनले राष्ट्रपतिको रुपमा शपथ लिएका थिए। प्रमुख विपक्षी पिपुल्स पावर पार्टीका ६० वर्षीय युनले चुनावमा ४८.६ प्रतिशत मत प्राप्त गरेर द रुलिङ डेमोक्रेटिक पार्टीका ली जाइ–मायुङलाई राष्ट्रपति पदको दौडबाट बाहिर निकालेका थिए। डेमोक्रेटिक पार्टीले ४७.८ प्रतिशत मत प्राप्त गरेको थियो।
राष्ट्रपतिको रूपमा शपथ लिने बित्तिकै युन सुक–योलले उत्तर कोरियालाई आणविक हातहतियारबाट मुक्त गर्न आह्वान गरेका छन् ।
यसअघि, भूतपूर्व राष्ट्रपति मुन जाइ–इनले आफ्नो विदाई भाषणमा आफूले शान्ति पुनर्स्थापना गर्ने र कोरियाली प्रायद्वीपलाई सैन्यबाट मुक्त गर्ने प्रयास जारी रहने आशा गरेको कुरा बताएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा