• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

      प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

      धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

      पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

      काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

      पैसा तिर्न नसक्दा अस्पतालमा थियो शव, नवनिर्वाचित वडाध्यक्षले गरे सहयोग

      सौन्दर्य प्रतियोगितामा बलात्कार : छानविन समितिलाई सहयोग गर्न गृह मन्त्रालयको आग्रह

      सौदर्य प्रतियोगीताको नाममा बालिका बलात्कारको आरोपी मनोज पाण्डे पक्राउ

      सार्वजनिक बिदामा चलाउने सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

      बालबालिका केन्द्रित ‘ग्लोबल लिटिल स्टार’ ब्युटी प्याजेण्ट काठमाण्डौमा हुदै

      गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

      प्रधानपञ्चदेखि स्थानीय तह निर्वाचनसम्म सधैँ विजेता : गुमानसिंह अर्याल

      धनगढीको मेयरमा स्वतन्त्र उमेदवार हमालको जित सुनिश्चित

      बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

      जुम्लामा काँग्रेस र माओवादीको नेतृत्व

    होमपेज / बागमति प्रदेश

    नेकपा (एस) को प्रतिबद्धता– ‘बूढानीलकण्ठ : साथी पनि सरकार पनि’

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख २५, आईतबार (१ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) बुढानिलकण्ठ नगर कमिटीले ‘नागरिकका एजेन्डा–पार्टीको प्रमुख जिम्मेवारी’ भन्ने मूल नाराका साथ २७ बुँदे ‘कार्ययोजना तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । पार्टी बुद्धिजीवी समूहले तयार गरेको ‘स्थानीय निर्वाचन २०७९ को प्रतिबद्धतापत्र’मा ‘बूढानीलकण्ठ साथी पनि सरकार पनि’ भन्ने सन्देश अघि सारिएको छ ।

    पार्टी निर्वाचन परिचालन कमिटी, बुद्धिजीवी समूहले शनिबार राति पत्रकार सामु सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा सुशासन कायम राख्दै समाजवादी कार्यक्रमका साथ नगरलाई सम्पन्न तथा पर्यटन र शैक्षिक केन्द्र बनाइने मूलभूत मान्यता र प्राथमिकता तोकिएको छ । ‘वैज्ञानिक शिक्षा, उचित स्वास्थ्य एवं सुशासन हाम्रो अभियान’, ‘हाम्रो सम्पदा हाम्रो सम्पत्ति’, ‘सिङ्गो नगर एक विद्यालय’, ‘पारदर्शिता र सुशासन हाम्रो अभियान’, ‘हाम्रो रहर : सुन्दर, हराभरा र सम्पन्न नगर’, ‘फोहर मलाई मोहर तपाईँलाई’ आदि नाराका साथ नगर स्वच्छ, समृद्ध, सुसंस्कृत र सभ्य बनाउन पार्टी प्रतिनिधिलाई मतदान गर्न घोषणापत्रमा आग्रह गरिएको छ ।

    नागरिकमैत्री कानुन बनाइने, स्वास्थ्योपचार सहयोग कोषमार्फत जटिल रोगमा तथा विपन्न नागरिकलाई स्वास्थ्य, शिक्षालगायत विषयमा विशेष सहयोग गरिने, ज्येष्ठ नागरिक मनोरञ्जन क्लब सञ्चालन गरिने, महिला सशक्तीकरण गरिने, स्वच्छ सफा खानेपानी उपलब्ध गराइने, पानी प्रशोधन केन्द्र निर्माण गरिने, सामुदायिक वनमा उन्नत जातका फलफूलका बिरुवा लगाइने, रोजगारी सिर्जना गरिने, व्यवस्थित र वातावरणानुकुलित यातायात सेवा सञ्चालन गरिने, उज्यालो टोल कार्यक्रम चलाइने, नगरस्तरीय पर्यटन र खेलकुद विकास समिति गठन गरिनेलगायत कार्यक्रम घोषणापत्रमा समेटिएको छ ।

    त्यस्तै रुद्रमतीमाथि पुल उद्यान निर्माण गरिने, नमुना बस्ती निर्माण तथा वैज्ञानिक भवन निर्माण मापदण्ड लागु गरिने, पार्किङको दीर्घकालीन योजना बनाइने, सार्वजनिक सम्पत्ति र सम्पदा संरक्षण गरिने, सिर्जनाग्राम बनाइने, व्यावहारिक तथा वैज्ञानिक कर–शुल्क लागु गरिने, सहकारी संस्थाको सबलीकरण गरिने, लघुउद्यम व्यवसाय तथा निजी सार्वजनिक साझेदारीलाई प्रोत्साहन गरिने, नगर योजना परिषद् गठन र वरिपरिका नगर गाभेर महानगर स्थापना गर्न सिफारिस गरिने, कुनै एक वडालाई छनोट गरी समाजवादी नमुना कार्यक्रम सञ्चालन गरिने, भूमिहीन तथा सुकुम्बासीका समस्या समाधान गरिने जस्ता बुँदा पनि दूरगामी लक्ष्य तथा कार्यक्रममा समेटिएको छ ।
    सो अवसरमा पार्टीका काठमाडौँ जिल्ला अध्यक्ष तथा वाग्मती प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले पार्टी नगर कमिटीको प्रतिबद्धतापत्रमा सबै दलले लागु गर्न सकिने विषय रहेको जनाउँदै यसलाई काठमाडौँ र अन्य स्थानीय तहले पनि प्रयोग गर्न सक्ने जिकिर गरे ।

    पार्टीका तर्फबाट नगर प्रमुख उम्मेदवार बालकृष्ण श्रेष्ठले नगरपालिकामा भइरहेको भ्रष्टाचार शून्य बनाइने दृढता व्यक्त गर्दै आफू विजयी भएमा बूढानीलकण्ठ मन्दिर प्रवद्र्धन तथा कपन क्षेत्र डुबानरहित बनाउन गौरवका आयोजना ल्याइने र मनोरञ्जन, हरियाली क्षेत्र जस्ता विशेष पकेट क्षेत्र कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । उपप्रमुखका उम्मेदवार प्रमिला सापकोटाले आफ्नो विजयपछि ज्येष्ठ नागरिक, महिला र बालबालिकालाई विशेष ध्यान दिइने वचन दिए ।

    पार्टीका केन्द्रीय सल्लाहकार परिषद्का सदस्य तथा घोषणापत्र तयारी समितिका संयोजक कुमारप्रसाद ओझाले घोषणापत्र सार्वजनिक गर्दै अनुभवका आधारमा घोषणापत्रका सबै बुँदा वित्तीय, कानुनी र व्यावहारिक हिसाबले कार्यान्वयन गर्न सकिने जिकिर गर्नुभयो भने पार्टी सल्लाहकार तथा समितिका सदस्य विष्णुप्रसाद शर्मा पराजुलीले सञ्चारग्राम, पत्रकार बिमा, तालिम–प्रशिक्षण–पुरस्कार जस्ता विषयबाट पत्रकारलाई समेटिने स्पष्ट गरे । समितिका सदस्य अशोक पाण्डेले पार्टीले नगरका वडा नं ५, ७, ८ र १० वडामा अन्य दलसँग तालमेल गरी बौद्धिक र सक्षम उम्मेदवार खडा गरेको जिकिर गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    दोलखामा ८३ जनाले फिर्ता लिए उम्मेदवारी

    एक गाग्री पानीका लागि घन्टौँ खर्चन बाध्य

    बागमतीको सिनामंगल क्षेत्रबाट उठाइयो ६ मेट्रिक टन फोहोर

    जडीबुटी र घाँसखेतीबाट जीविकोपार्जन

    चितवनमा १ लाख ७४ हजार बढी बालबालिकाले लगाए टाइफाइड रोग विरुद्धको खोप

    धुलिखेलमा ‘दिगो विकास’का चार लक्ष्य पूरा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण पत्र

    धनगढी सुपर लिग : महेन्द्रनगर क्रिकेट एकेडेमी र लिटल फ्लावर विजयी

    पोखराको मेयरमा गठबन्धनका आचार्यको अग्रता कायमै

    काठमाडौँ ३१ मा एमालेका सरोज ढकाल विजयी

    गठबन्धन मूलभूतरुपमा सफल भयो, सङ्घीय निर्वाचनसम्म लिएर जानुपर्छः प्रचण्ड

    बालेनले ३५ हजार मत कटाए, स्थापित र सिर्जनाको मतान्तर १६५ मात्र

    भरतपुरमा ६१३८ मतान्तरले रेनुको अग्रता

    पाथीभरामा एक तीर्थयात्रीको मृत्यु

    धनगढीमा स्वतन्त्र उमेदवार हमालको ११ हजारको मतान्तर

    काठमाडौं महानगर-२७ मा कांग्रेस विजयी

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑