सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ बैशाख । भारतीय अभिनेता सोनु सुदले नेपाली किशोरी मुस्कान कर्णको पढाइ खर्चको जिम्मा लिएका छन् । सुदले ट्वीटरमार्फत वीरगञ्जकी बालिका कर्णको पढाइ खर्च व्यहोर्ने जानकारी दिएका हुन् । ‘नेपालमा सबैलाई भनिदिनू, अब पूरा जिन्दगीको लागि तपाईंको पढाइको व्यवस्था भएको छ,’ उनले ट्वीटरमा लेखेका छन् ।
सोनुको सञ्चालन गरिरहेको फाउण्डेसनले ती नेपाली बालिकाको पढाइ खर्च व्यहोर्ने भएको छ । ट्वीटरमा विद्यापति शंकर नामक एक प्रयोगकर्ताले बालिका मुस्कानलाई सहयोग गर्न सोनुलाई आग्रह गरेका थिए । उनको जवाफमा सुदले सहयोगको वचन दिएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा