सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २१ बैशाख । गायक राजु लामाले विश्वको अग्लो स्थानमा गीत गाएर विश्व कीर्तिमान बनाएका छन् । जलवायु परिवर्तनबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् ।
उनले सोमबार समुद्री सतहबाट ६,५७४ मिटरको उचाइमा पुगेर गीत गाए । ‘३,६०० मिटरभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६,४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६,५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ’, गायक लामाले नयाँ कीर्तिमानी बनाउँदाको अनुभव सुनाए, ‘यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु हो ।’
लामाले सामाजिक सञ्जाल मार्फत ‘हिमालले डाक्यो मलाई’ लगायत ‘मंगोलियन हार्ट’ को अन्य हिट गीतहरू पनि गाएको बताएका छन् । उनले सगरमाथाको क्याम्पबाटै जलवायु परिवर्तनलाई रोकथाम गरी आफ्ना सन्तानको भविष्यप्रति सचेत रहन र यो सुन्दर संसारलाई बचाउन सबैले प्रयास गर्न अपिल गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा