सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । जिम्बावेविरुद्धको पहिलो टी-ट्वान्टी खेलमा नेपाल पराजित भएको छ ।
त्रिवि मैदानमा भएको खेलमा पाहुना टोली जिम्बावेले नेपाललाई ६ विकेटले पराजित गरेको छ ।
१ सय ८२ रनको लक्ष्य जिम्बावेले १८ ओभर ५ बलमा ४ विकेट गुमाएर पुरा गर्यो । उसका लागि टाडिवानासे मारुमानीले ४१ बलमा सर्वाधिक ५६ रन जोडे । उनले समान ३ चौका र ३ छक्का प्रहार गरे ।
कप्तान टोनी मुनयोंगाले २३ बलमा ७ छक्का प्रहार गर्दै ५० रन जोडे । इनोसेन्ट काइया ३० बल खेल्दै ९ चौका प्रहार गरेर ४७ रनमा आउट भए ।
नेपालका लागि बसिर अहमदले दुई विकेट तथा कप्तान सन्दीप लामिछाने र करण केसीले एक-एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय रन ८१ जोड्यो । आदिल अन्सारीले २७ बलमा अविजित रहदै सर्वाधिक ४७ रनको योगदान गरे । उनले ४ चौका र ३ छक्का प्रहार गरे ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा