• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / लुम्बिनी प्रदेश

    रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुनः सुरु

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख १६, शुक्रबार (२ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    पाल्पा । निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माइन् । गाउँकै अस्पतालमा सेवा पाउँदा उनी औधी खुसी छिन् । ज्यामिरेबाट सदरमुकाम तानसेन पुग्न सहज छैन । तानसेन आउजाउ गर्न झण्झट र आर्थिक समस्या पनि उत्तिकै छ ।

    गाउँकै अस्पतालमा सहज सेवा पाएपछि अन्यत्र जाने समस्या टरेको राना बताउँछिन् । उनी भन्छिन् , “गाउँबाट तानसेन पुग्न चार÷पाँच घण्टा लाग्छ, एक दुई जना पनि साथमै लिएर जानुप¥यो, टाढाको ठाउँ, खाने, बस्ने गाडी भाडा खर्च, आउजाउ गर्न सकस हुन्थ्यो, यहीँ सुविधा पाइयो, धेरै खुसी छु ।”

    पन्ध्र वर्षको उमेरमा विवाह गरेकी रानाले पहिलो सन्तान जन्माउनु भएको हो । डा रन्दीप राउतसहितको टोलीले रानाको शल्यक्रियामार्फत प्रसूति गराएको हो । गाउँघरमा सेवा सुविधा विस्तार हुँदा नागरिकलाई सेवा लिन सजिलो भएको रानाकी सासुआमा इमिसरा बताउछिन् । उनले चार छोरा र एक छोरीलाई मेलापात, घाँसदाउरा तथा गोठालो गर्दै जन्माएकी थिइन् । “अब छोरी बुहारी अस्पतालमै सुत्केरी हुनुपर्छ, नत्र ज्यानको जोखिम रहन्छ”, इमिसराले भनिन् ।

    “हाम्रो समयमा गाउँमा स्वास्थ्य सुविधा थिएन, कोहीले मेलापात, कोहीले घाँसदाउरा, गोठालो गर्दैमा बच्चा जन्माए”, उनले भनिन् । अस्पतालमा २०७७ चैतमा तत्कालीन डा वासुदेव सुवेदीसहितको टोलीले शल्यक्रिया सेवा प्रदान गरेको थियो । त्यसबेलादेखि नियमितरुपमा डा सुवेदी नेतृत्वको टोलीले गत वर्ष भदौसम्म शल्यक्रियामार्फत सफल प्रसूति सेवा प्रवाह गर्दैआएको थियो । डा सुवेदी अन्यत्र सरुवाभएपछि उक्त सेवा बन्द हुन पुग्यो ।

    हालसम्म २७ जनाको शल्यक्रियामार्फत प्रसूति गराइएको शल्यक्रिया विभागका नर्स सुनिता गौतम बताउँछिन् । उनका अनुसार गत साउनदेखि हालसम्म अस्पतालमा २०९ जनाले प्रसूति सेवा लिएका छन् । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार अहिले चिकित्सकको व्यवस्थापन भएपछि रोकिएको सेवालाई पुनः सुरु गरिएको बताउँछन् ।

    “चिकित्सक अभाव र प्राविधिक समस्याले अस्पतालमा करिब सात महिना शल्यक्रियाबाट प्रसूति सेवा रोकिन पुग्यो, अब नियमितरुपमा सेवा पाइन्छ”, उनले भने । शल्यक्रियाका लागि विशेषज्ञ चिकित्सक तथा आवश्यक उपकरणको बन्दोबस्त गरिएको छ ।

    विसं २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको उक्त अस्पतालमा झण्डै २५ वर्षपछि शल्यक्रिया सेवा सुरु भएको थियो । गर्भवती, हर्निया, हाइड्रोसिल, एपेन्डिसाइटिस, गाँठागुठीको चिरफारलगायत सेवा दिने गरी निक साइमन्स् इन्सिच्युट ललितपुरको सहयोगमा शल्यक्रिया सेवा थालिएका हो । प्रसूति सेवा लिन तानसेन जानुपर्ने समस्या हटेको छ ।

    पाल्पा, स्याङ्जा, तनहुँ र नवलपरासी पूर्व (नवलपुर) को केन्द्रबिन्दु रामपुरमा सेवा लिन आउने सेवाग्राहीको चाप बढ्दो छ । अस्पतालले बाहिर जान नपर्ने गरी सेवा दिन चिकित्सकलाई निर्देशन दिएको छ । चिकित्सकले चौबिसै घण्टा खटिएर सेवा दिइरहेको अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल बताउँछन्

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    मृत्यु भएका मतदाताको नाम हटाइएन

    एमाले नेतृत्वको स्थानीय सरकारले विकास गर्ने उपाध्यक्ष पौडेलको दाबी

    रुपन्देहीका दुई स्थानीय तहको प्रमुख पदमा महिलाको उम्मेदवारी

    बाघ हेर्न बर्दिया राष्ट्रिय निकुञ्जमा पर्यटक बढे

    आश्रमटोलमा हरियाली उद्यान

    बाँकेको हिरमिनिया क्षेत्रमा फौजी किराको प्रकोप

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑