• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ५, बिहिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • १२ जनामा कोरोना सङ्क्रमण

      स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

      ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

      नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

      भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

      अंग्रेजीका विद्यार्थीको संस्कृत भाषामा आकर्षण

      एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

      बालेनको झण्डै ११ हजारको मतको अग्रता

      विजय भन्दा रेनु ३२६३ मतले अगाडि

      प्रधानसेनापतिद्वारा बेलीबृजको उद्घाटन

      पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

      २२५१ विन्दुमा नेप्से

      कांग्रेसका उम्मेदवार साढे दुई सयभन्दा बढी पालिका प्रमुखमा विजयी

      वडाध्यक्षमा निर्वाचित भएर घर पुग्दा ‘सिल नै नखोलेको मतपेटिका भेटिएपछि आएपछि…

      कर्णाली प्रदेशका केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

    होमपेज / गण्डकी प्रदेश

    ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख १५, बिहिबार (३ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    म्याग्दी । करिब तीन दशक अघिसम्म ढुङ्गा र खरले छाएका र पाली हालेका गाउँले पाराका घर हुन्थे गाउँघरमा संयुक्त परिवार हुन्थ्यो । दसैं तिहारजस्ता चाडपर्व आउँदा सेतो कमेरो र रातोमाटोले लिपपोत गर्दा घर चिटिक्क देखिन्थे । गाउँ नै उज्यालो हुन्थ्यो । घरनजिकै गाईगोठ र भैँसीगोठ हुन्थ्यो । परालका माच, मकैका कुन्यू र नलको चाङ हुन्थ्यो ।

    घरको पछाडी करेसाबारी,लेकबेँसीमा खेतबारी र तिनै खेतबारीमा काम गरिरहेका गाउँका युवायुवती, प्रौढप्रौढा रौनक नै बेग्लै हुन्थ्यो गाउँको । खेतमा धान, मकै, गहुँ, भटमास फल्थ्यो । बारीमा मकै, कोदो, मास, भटमास, बोडी, तोरी, तरुल, आलु, सखरकन्द आदि फल्थे । उखुबारीमा उखु हुन्थ्यो । खरबारीमा खर हुन्थ्यो ।

    गाउँका यो प्राकृतिकस्वरुप हराएको पुगनपुग ३० वर्ष भयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि गाउँमा विकासको लहर चल्यो भने प्रकृतिमा विनाशको डोजरले सम्पदा र मौलिकता दुवैलाई भत्काउन सुरु ग¥यो ।

    विसं २०४६ देखि भर्खर बामे सर्न थालेको विकासको पाइला २०५२ सालदेखि सुरु भएको तत्कालीन माओवादी विद्रोहका कारण थला प¥यो । २०६३ सम्मको १७ वर्ष गाउँमा विकास र पूर्वाधारको हुनसम्म खति भएपछि २०६२÷६३ पछिको राजनीतिक परिवर्तनले गाउँमा पुन विकासको लहर फैलियो । विकासको त्यो लहर सडक निर्माणमा सबैभन्दा बढी भयो ।

    गाउँका भीरपाखा, उर्वरफाँट र जलाशय भत्काइन थालियो । सडक खन्ने नाउँमा प्रकृतिमाथि भएको डोजर अत्याचार अहिलेसम्म पनि रोकिएको छैन । जव डोजर गाउँमा पस्यो तब गाउँको मौलिकता भत्कियो । आपसी भाइचारा र सामाजिक एकता पनि डोजरे विकासले भत्काउन थाल्यो । गाउँमा सडक पुगेपछि जनतालाई सुविधा त पुग्यो तर त्यो सुविधा पनि पक्षपाती भएको स्थानीयवासीको गुनासो छ ।

    “सडक पुग्यो, गाडी पनि चल्यो तर,गाडीमा चढ्न सक्ने र चर्को भाडा तिर्न सक्ने हाम्रो अवस्था बनेन” मालिका ५ देवीस्थानका एकजीत बूढाले भने “हाम्रा लागि विकास,आकाशको फल आँखा तरी मर,भनेजस्तै भयो ।”गाउँमा सडक पुग्नुभन्दा अघि गाउँले आफ्ना श्रमले आफू पालिएका थिए र सहरलाई पनि पालेका थिए । गाउँबाट अन्न, दाल, तेल, घीउ, तरकारी सहर जान्थे । अहिले ती गाउँ–गाउँमा छैनन् । हिजो गाउँ भएका ठाउँमा अहिले उराठ र खण्डहर आएको छ । शून्यता छाएको छ । फाट्टफुट्ट घर छन् । घरमा ओज छैन, ऊर्जा छैन, चहलपहल छैन । चुहुने छाना, भत्केका पिँढी । बनमाराले साम्राज्य जमाएको आँगन र करेसा, त्यही भेटिन्छन् फाट्टफट्ट बुढाबुढी । विदेशिएका छोरा नातिले पठाएका पैसाले धानिने छ उनीहरुको जीविका ।

    शिक्षक धनवीर थापा भन्छन्, “गाउँको पसलबाट किनेका चामल खाएर गुजारा चलाउछन् गाउँलेहरु । हिजोका बारी, करेसाबारी, खेत बाँझिएका छन् । गाउँमा चरा उड्दैनन् । मौरी भुनभुनाउँदैनन् ।” अहिले धान–चामल चाहीँ विदेशबाट ओसार्न पर्ने बनाएको छ । वैदेशिक रोजगारीका नाउमा मान्छे बेच्ने कम्पनीवाला गाउँगाउँमा पुगेका स्थानीयवासीको भनाइ छ ।

    “गाउँ न पहिलेका गाउँ जस्ता छन्, नत सहर जस्ता नै हुनसकेका छन्” बेनी नगरपालिका– २ का ८६ वर्षीय बेदप्रसाद उपाध्यायले भने,“गाउँ वर्णशङ्कर भए, धर्म, संस्कृति, परम्परा, सरसहयोग, ऐंचोपैंचो, झारा, पर्म सबै हराए, नयाँ नयाँ हामीले बुझनै नसक्ने कुरा आए । ”

    आसन्न स्थानीय तहको माहौल जिल्लामा तातेको छ । “नेताहरुले गाउँ बस्तीलाई उन्नति–प्रगतिमा अगाडि लानुपर्ने थियो । त्यस्ता नेता निस्केनन् । असल र इमानदार नेता हामीले चुनावमा उठाउन र जिताएर पठाउन पनि सक्दैनौँ । चुनावमा जालझेल चल्छ । हामीले भोट नदिए पनि उसैले नै जित्छ ।” बगरफाँटका ९६ वर्षीय खड्गबहादुर थापाले भने ।

    ग्रामीण संस्कृतिको अपचलनसँगै आपसी सद्भाव, सहयोग र परम्परागत मूल्य, मान्यता हराउँदै जान थालेछि ग्रामीण भेगका ज्येष्ठ नागरिक बढी चिन्तित छन् । वर्णसंकर संस्कृतिले ग्रामीण जीवनशैलीमाथि अतिक्रमण गर्दै जाँदा एक दिन ग्रामीण सभ्यता नै ध्वस्त हुने हो कि भन्ने चिन्ता जेठो पुस्तालाई छ ।

    उनीहरु आफ्ना सन्तानमा देखिएको अस्वभाविक परिवर्तन र उनीहरुको जीवनशैलीका कारण बढी चिन्तित छन् । धर्म–कर्म, दान–दातव्य सबै देखावटी कार्यमा मात्रै सीमित भएको र त्यसको मर्म हराउँदै गएको उनीहरुको भनाइ छ ।“ग्रामीण जीवनको प्राकृतिक स्वाद हराउँदै गएको छ, गाउँमा मानिस गाउँले जस्ता पनि छैनन् र सहरिय जस्ता पनि हुन सक्दैनन्” ७६ वर्षीय दण्डपाणीले भने “ रेमिट्यान्सले सहरलाई उभों लगायो, गाउँलाई रित्याइदियो ।”

    उनले भने,“गाउँको घरबारी बेचेर, धितो राखेर वा ऋण लिएर विदेश जान्छन्, कमाए भने सहरमै घर घडेरी किन्छन्, परिवारलाई बसाइँ सार्छन, सहरमै बस्छन्, कमाउन सकेनन् भने भएको गाउँको टुक्राटाक्री बेच्छन् अनि पलायन हुन्छन्, यस्तै चल्दै त आएको छ गाउँमा ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    कास्कीका ५० मतदानस्थल अतिसंवेदनशील

    स्याङजामा स्थानीयवासीले मारे चितुवा

    तनहुँमा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक

    चुनाव प्रचारका क्रममा माइक बरामद

    आचारसंहिता उल्लङ्घनमा मौखिक उजुरी बढ्दै

    मनाङवासीलाई यार्सागुम्बा सङ्कलनको चटारो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    १२ जनामा कोरोना सङ्क्रमण

    स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल समाप्त, मतगणना बाँकी स्थानमा पाँच दिनभित्र परिणाम ल्याउन निर्देश

    ‘आत्मनिर्भर केन्द्रित बजेट निर्माण गर्नुपर्छ’

    नेपाल युगान्डासँग तेस्रो खेलमा पनि पराजित

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    भब्य रुपमा अघि बढ्दै हिमाल सरसफाई अभियान २०२२

    बालेनको झण्डै ११ हजारको मतको अग्रता

    विजय भन्दा रेनु ३२६३ मतले अगाडि

    पराजित उमेदवारले दिए निर्वाचित मेयरलाई घरमै पुगेर बधाई

    ३ हजार भन्दा बढि मतले रेनुको अग्रता

    १२ जनामा कोरोना सङ्क्रमण

    नागरिकता, राहदानीका वा जग्गा धनी प्रमाण पुर्जाको आधारमा पनि मत दिन पाइने

    जापानको निजी क्षेत्रले कामदार लैजान सहजीकरण गर्ने

    हेटौँडाको दुईवटा केन्द्रमा महिला मतदान अधिकृत

    मोदीले प्रयोग गर्ने गाडी लुम्बिनी ल्याइयो

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार नियन्त्रणमा

    तनहुँका मतगणनास्थलमा तारबारसहित सिसी क्यामेरा जडान

    आर्थिक

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सुन–चाँदीको मुल्य बढ्यो, प्रतितोला कति ?

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑