सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १४ बैशाख । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचारको पहिलो मुद्दामा पाँच वर्षको जेल सजाय सुनाएको छ ।
म्यानमारका कानुन अधिकारीले सुकीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको बताएका छन् । नोबेल पुरस्कार विजेता सु विरुद्धको ११ भ्रष्टाचार मुद्दामध्ये यो पहिलो हो जसमा प्रजातन्त्र समर्थक नेतालाई सजाय सुनाइएको छ। यी मुद्दाहरूमा प्रत्येकमा अधिकतम १५ वर्षको सजाय हुन्छ।
यसअघि सन् २०२२ को जनवरीमा सुकीलाई गैरकानूनी रूपमा वाकी–टकीहरू आयात र राख्ने र कोरोना प्रतिबन्धहरू उल्लङ्घन गरेको आरोपमा चार वर्षको जेल सजाय सुनाइएको थियो। एएफपी समाचार एजेन्सीका अनुसार फेब्रुअरी १, २०२१ मा सैनिक विद्रोहको दिन सु कीको निवासमा सैनिकहरूले छापा मार्दा सु कीमाथि वाकी–टकी भएको आरोप लगाइएको थियो। त्यस क्रममा कथित रूपमा प्रतिबन्धित उपकरण बरामद भएको थियो। त्यसलगत्तै म्यानमारमा सैन्य शासनको विरुद्ध व्यापक विरोध भएको थियो, त्यसपछि सेनाले रक्तपातपूर्ण कारवाही सुरु गरेको थियो। यस हिंसामा अहिलेसम्म १५ सय जनाको मृत्यु भइसकेको छ । सुकीले झण्डै एक दर्जन मुद्दाको सामना गरिरहेकी छिन्, जसमा अधिकतम १०० वर्षभन्दा बढी जेल सजाय हुन्छ। सुकीलाई सैन्य सरकारले अज्ञात स्थानमा राखेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा