सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाण्डौँ, १३ बैशाख । नेपाली विद्यार्थीहरुलाई नेपालमा ए.सी.सी.ए. (ACCA) अध्ययन शुरुवात गराउने नेपाल कै पहिलो कलेज NCA College of Management ले प्रदेश नं. ३ को राजधानी पोखरामा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेको छ ।
बैशााख ११ गते सोमवार पोखराको जीरो किलोमा अवस्थित पोखराकै ठूलो फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन र एन.सी.ए.कलेज अफ म्यानेजमेन्ट का विच एक सम्झौतामा हस्ताक्षर भई एन.सी.ए.को पोखरा सम्पर्क कार्यालय फेम ईन्टरनेशनल एजुकेशन फाउन्डेसन जीरो किलोमा रहने सहमति भयो । उक्त सहमति पत्रमा एन.सी.ए.को तर्फबाट अध्यक्ष सुरेश पण्डित र फेम एजुकेशनका तर्फबाट प्रिन्सिपल बिजय बरालले हस्ताक्षर गर्नु भयो ।
उक्त हस्ताक्षर समारोहलाई सम्वोधन गर्दै एन.सी.ए.कलेजका अध्यक्ष सुरेश पण्डितले विश्वभरीनै सर्वाधिक लोकप्रिय रहेको ए.सी.सी.ए.कोर्सको वारेमा सो क्षेत्रका विद्यार्थीहरुले संम्पर्क कार्यालयबाटै फष्टह्याण्ड जानकारी प्राप्त गर्न सक्ने बताउदै बिद्यार्थीहरुका लागि सुविधा होस भन्ने उदेश्यले उक्त कार्यालय स्थापना गरिएको बताउनु भयो । यसै गरि फेम एजुकेशनका निर्देशक तिलक लामिछानेले आफ्नो संस्थालाई विश्वास गरि एन.सी.ए.को सम्पर्क कार्यालय राख्न पाउनु सुर्वण अवसर रहेको बताउदै यस क्षेत्रमा ए.सी.सी.ए. कोर्स को प्रबर्द्धन लागि आफुहरु प्रतिवद्ध रहेकोमा विश्वस्त रहन आग्रह गर्नु भयो ।
एन.सी.ए.कलेजले नेपाली विद्यार्थीलाई विगत १८ बर्षदेखि निरन्तर रुपमा गुणस्तरिय ए.सी.सी.ए. (ACCA) ब्यावसायिक शिक्षा प्रदान गर्दै आएको साथै सन् २०१० मा कलेजको अध्ययन अध्यापनको गुणस्तर मापन गरि द एशोसीयसन अफ चार्टर्ड सर्टिफाईड एकाउन्टेण्डस्ले Approved Learning Partner-Gold को मान्यता दिएको कलेज हो । शिक्षा मन्त्रालयबाट ए.सी.सी.ए. कक्षा सञ्चालन गर्न स्वीकृत प्राप्त गर्ने यो नेपालको पहिलो Gold Status कलेज हो भने ए.सी.सी.ए. बेलायतको The Association of Chartered Certified Accountants, UK द्धारा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी कोर्स हो ।
उक्त कार्यक्रममा एन.सी.ए. कलेजका सल्लाहकार एवं. जनता टेलीभिजनको शिक्षाकाका कुरा कार्यक्रमका निर्माता एवं प्रस्तोता नारायण आचार्य, फेम एजुकेशनका प्रिन्सिपल बिजय बराल, उक्त संस्थाका शिक्षक तथा अध्ययनरत विद्यार्थीहरुको समेत उपस्थिति थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा