सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, बैशाख ९ । जिम्बाब्वे ए सँगको एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले जिम्बाब्वे ए सँगको शृङ्खलाका लागि आज शुक्रवार २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
सन्दीप लामिछाने कप्तान रहेको टोलीमा दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, रोहित पौडेल, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, सागर ढकाल र विक्रम सोब रहेका छन् । यस्तै किशोर महतो, अदिल अन्सारी, भीम सार्की, सुशन भारी, पवन सर्राफ, अविनाश बोहरा, बसिर अहमद, लोकेश बम, विवेक यादव, सहाब आलम र सुनिल धमला पनि टोलीमा अटाएका छन् ।
प्रतियोगिता अन्तर्गत पहिलो एकदिवसीय खेल वैशाख १७ गते हुनेछ । यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १९ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ ।
यस्तै यी दुईबीचको पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० वैशाख २४ गते र तेस्रो टी–२० वैशाख २६ गते हुने क्यानले जनाएको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा