• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०७९ जेष्ठ ७, शनिबार
  • स्थानीय चुनाव २०७९
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश प्रदेश
      • बागमति प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुर पश्चिम प्रदेश
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

      म्यादी प्रहरीलाई बिदाइ

      सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

      राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

      १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

      एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

      ३२०५ मतान्तरले रेनुको अग्रता कायम

      संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

      स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

      अमेरिकी डलर र कौडासहित छ जुवाडे पक्राउ

      बलात्कारमा हदम्याद तोकिनुहुन्न : प्रदिप पौडेल

      १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

      नेपाली सेनाले गर्यो चारवटा हिमालबाट ३० हजार केजीभन्दा बढी फोहोर संकलन

      भरतपुरमा रेनुको ३१८१ मतको अग्रता

      अन्तरजातीय विवाह गर्ने तीन जोडीलाई भरतपुर महानगरको सम्मान

    होमपेज / स्वास्थ्य

    कर्णालीमा ६६ प्रतिशतलाई कोरोनाविरुद्धको खोप

    रासस

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ बैशाख ८, बिहिबार (४ हफ्ता अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
    फाईल तस्विर

    सुर्खेत ।  कर्णाली प्रदेश सरकारले १८ वर्ष भन्दामाथिका लक्षित जनसङ्ख्याको ६६ प्रतिशतलाई कोभिड–१९ विरुद्धको खोपको दुवै मात्रा लगाएको छ । सुर्खेतमा बुधबार ‘मुख्यमन्त्री–पत्रकार भेटघाट कार्यक्रम’मा प्रदेश सरकारका पछिल्ला उपलब्धि सार्वजनिक गर्दै मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेशको कूल जनसङ्ख्याको ५४ प्रतिशतले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा र दोस्रो मात्रा लगाउनुका साथै एक लाख ४० हजार १८८ जनाले बुस्टर डोजसमेत लगाएको जानकारी दिए ।

    छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमण फेरि बढ्न थालेको भन्दै उनले सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा रहेको बताउनुभयो । कोरोना खोप अभियानलाई तीव्रता दिनुका साथै यस अवधिमा स्वास्थ्य पूर्वाधार निर्माण तथा जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिइएको मुख्यमन्त्री शाहीले बताए । कर्णाली प्रदेश अस्पताल, कर्णाली स्वस्थ्य विज्ञान प्रतिष्ठान र पाटन स्वस्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता गरेर द्वन्द्वपीडित घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

    शहीद परिवारलाई जीवन निर्वाह विशेष भत्ता तथा घाइते अपाङ्गता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ताका लागि रु १५ करोड स्थानीय तहमा पठाइएको मुख्यमन्त्री शाहीले बताए। विशेषज्ञ चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी गरी करार सेवामा ७३ जनालाई विभिन्न अस्पतालमा पठाइएको, रुकुम पश्चिम, सल्यान, डोल्पा, हुम्ला र दैलेख जिल्ला अस्पताल तथा प्रदेशभरमा ६६ सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना गरी स्थानीय तहमार्फत काम भइरहेको छ । प्रदेश गौरवको आयोजनाको रुपमा प्रदेश रङ्गशाला, अन्तर्राष्ट्रिय भलिबल कभर्ड हलको निर्माण, प्रदेशका १० वटै जिल्लामा ८१ खेल मैदान निर्माण, सामुदायिक विद्यालयको भौतिक पूर्वाधार विकासका लागि ७९ वटै पालिकामा ४०० कक्षा कोठा भवन निर्माण भइरहेको छ ।

    चालु आर्थिक वर्षमा एक हजार २३९ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको, चक्लाबन्दी कार्यक्रममार्फत एक हजार २०५ रोपनीमा आलु, बदाम, स्याउ, ओखर र किवी उत्पादन गर्न सुरु भएको मुख्यमन्त्री कार्यालयद्वारा विज्ञप्तिमा उल्लेख छ । जाजरकोट र दैलेखमा मकै मिसन, मार्सी धान प्रवद्र्धन, भटमास र रैथाने बाली प्रवद्र्धन तथा चैते धानको क्षेत्र विस्तार कार्यक्रम लागू गरिएको छ । पछिल्लो ६ महिनामा १७० किलोमिटर सडक खनिएको, ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको र ११.५ किमी सडक कालोपत्र गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    मुख्यमन्त्री कार्यालयले प्रदेश निजामती सेवा विधेयक, मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्तसम्बन्धी ऐनसम्बन्धी संशोधित विधेयक टेबुल गर्नुका साथै प्रदेश विद्युत् विधेयकको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएको छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा ऐन, २०७८ जारी गरी नियमावली तर्जुमाको प्रक्रियासमेत अगाडि बढाइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    अटिजम रोग होइन, लुकाउनु हुँदैन

    यस्ता छन् गर्मीमा तातो हावा वा ‘लु’ बाट जोगिने उपायहरु

    मानिस र जनावरको डिएनए परीक्षण

    मुटुलाई स्वस्थ राख्न जिवनशैलीमा अपनाउर्नुहोस् यि ५ बाँनी

    ‘विश्वभर झण्डै आधा गर्भाधारण अनिच्छित, विश्वव्यापी सङ्कट’

    चैत २५ गतेदेखि टाइफाइड खोपको अभियान चलाइने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    म्यादी प्रहरीलाई बिदाइ

    सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दर्ज्यानी चिन्ह प्रदान

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    १० औं नेपाल अफ्रिका फिल्म फेस्टिबल : नेपाल सहित १५ देशका २६ फिल्म चयन

    राष्ट्रपतिले जेठ १० गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    एआईजीमा बढुवा भएका लामाले लगाए दर्ज्यानी चिन्ह

    ३२०५ मतान्तरले रेनुको अग्रता कायम

    संस्कृति मन्त्रि आलेलाई स्वास्थ्य मन्त्रिको पनि जिम्मेवारी

    स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकटी

    अछामको साँफेबगरमा पुनः मतदान सम्पन्न

    कपिलवस्तुको शिवराज नगरपालिकामा राप्रपाको शुरुवाती अग्रता

    नार्पाभूमिमा लामा र चामेमा घले विजयी

    आज बैशाख ३१ गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस् ! राशिफल

    मतदानपछि देउवा–ओली जुहारी

    बुटवलमा ३०० मत गन्दा कांग्रेसकाे अग्रता, पछ्याउदै राप्रपा

    काठमाडाैंकाे शंखरापुर नगरपालिकाको मेयरमा एमालेको अग्रता

    स्थानीय तह निर्वाचन : ३९ स्थान कांग्रेसको अग्रता, दोस्रोमा एमाले

    आर्थिक

    १६ अंकले घटेर २२३५ बिन्दुमा नेप्से

    एनएमबि बैंकद्वारा माईती नेपालमा वित्तीय साक्षरता कार्यक्रम

    २२५१ विन्दुमा नेप्से

    सामान्य अंकले बढ्यो नेप्से

    महिनाको पहिलो दिन नेप्सेमा पहिरो

    सेतोखबर बिशेष

    बीआरआईको ५ वर्ष: मूल सम्झौता अझै गोप्य

    भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका...  विस्तृतमा

    कांग्रेसलाई भोट माग्दै देउवाले भने – अरु कुरा गर्छन्, हामी काम गर्छौं (पुर्णपाठसहित)

    यस्तो छ एमाले अध्यक्ष ओलीको आम मतदातालाई ६७ बुँदे अपील, पूर्णपाठसहित

    पर्याय डिपी राईः गोदावरीको प्रिन्सिपलदेखि बेलबारीको मेयरको उम्मेदवारसम्म

    स्थानीय तह निर्वाचन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, सुचीसहित

    लोसपाको घोषणापत्र : सार्वजनिक सवारी साधन निःशुल्क गर्ने (पुर्णपाठसहित)

    यस्तो छ सिर्जनाका सात ‘स’ को संकल्प

    हप्ताको दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

    कांग्रेसको घोषणपत्र : एमाले सर्वोच्च अदालतले जन्माएको पार्टी, पुर्णपाठसहित

    यस्तो छ बालेन शाहको २८ बुँदे प्रतिबद्धता पत्र, पूर्णपाठसहित

    स्थानीय चुनावका लागि यस्तो छ एमालेको घोषणापत्र (पूर्णपाठसहित)

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • खबर पठाउनुहोस
    • सामाजीक संजाल तिर
    • FIFA World Cup 2018

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    ठेगाना - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    सम्पर्क –[email protected]
    सम्पर्क न +977-9851113779

    फेसबुक

    © 2016 - 2022: Seto Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑